Like us!
Follow us!
Connect us!
Watch us!

टप वाणिज्य र विकास बैंकका सीईओ : कसलाई कति तलव सुविधा ?

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, ११ : ५० मा प्रकाशित

टप वाणिज्य र विकास बैंकका सीईओ : कसलाई कति तलव सुविधा ?

नेपालको वाणिज्य बैंकमध्ये नबिल बैंक लिमिटेडलाई नम्बर वान वाणिज्य बैंकको रूपमा लिइन्छ । यता विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक लिमिटेडलाई नम्बर वान विकास बैंकको रूपमा लिइन्छ ।

आज हामी यहाँ वाणिज्य बैंक र विकास बैंकमा नम्बर वान मानिने नबिल बैंक लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले बुझ्ने तलवकाे चर्चा गर्दछाैँ । 

नबिल बैंक

नबिल बैंक  लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई गत आर्थिक वर्षमा २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलव भत्ता भुक्तानी गरेको छ ।

बैंकले सीईओलाई तलव बापत १ करोड २८ लाख ५६ हजार २५० रुपैयाँ र अन्य लाभ तथा सुविधाहरु १ करोड ४० लाख ७४ हजार ८० रुपैयाँ भुक्तानी गरेको छ । यस्तै निवृत्त लाभ बापत १४ लाख १३ हजार ९३० रुपैयाँ गरी भुक्तानी गरेको जनाएको छ ।

२०७९ असारसम्म १६ गतेसम्म नबिल बैंकको सीईओको रूपमा अनिल केशरी शाह थिए । शाहको अवकाशपछि नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुङ्गाना रहेका छन् ।

मुक्तिनाथ विकास बैंक

आर्थिक वर्ष २०७८/७९ मा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले तलव भत्ता बापत १ कराेड १३ लाख ४२ हजार ६ रूपैयाँ बुझेका छन् । उनले तलव/भत्ता बापत ८५ लाख १७ हजार रूपैयाँ, सञ्चय काेष बापत ५ लाख ४० हजार रूपैयाँ, बिदा बापत ४ लाख २ हजार ५ सय ३३ रूपैयाँ र बाेनस बापत १८ लाख ८२ हजार ४ सय ७३ रूपैयाँ गरी कूल १ कराेड १३ लाख ४२ हजार ६ रूपैयाँ बुझेका हुन् ।

त्यसैगरी, अन्य सुविधाहरु अन्तर्गत सवारी चालक एकजना, ईन्धन, सर्भिसिङ्ग मर्मत खर्च सहित एउटा गाडी उपलब्ध गराइएको छ । यसका अलावा आवास कर्जा ५९ लाख २४ हजार ९ सय २५ रूपैयाँ, २५ लाख रूपैयाँको दुर्घटना बीमा, ५ लाखको औषधोपचार बीमा सुविधा र २५ हजार रूपैयाँको पोसाक भत्ता प्रदान गरिएको छ । त्यसैगरी मोबाइल तथा टेलिफोन खर्च वास्तविक बिल अनुसार प्रदान गरिएको छ । दैनिक तथा भ्रमण भत्ता वापत स्वदेशमा प्रति दिन ३ हजार ५ सय रूपैयाँ, सार्क राष्ट्रहरुमा प्रतिदिन १०० अमेरिकी डलर र अन्य राष्ट्रहरुमा प्रतिदिन १५० अमेरिकी डलर प्रदान गरिन्छ भने होटल, खाना, र यातायात वापतको वास्तविक खर्च अनुसारको रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

दुवै बैंककाे सीईओकाे तलब सुविधाकाे बारेमा त हामीले बुझिहाल्याैँ । यद्यपी तलबकाे तुलना गर्नु अगाडि हामीले के बिर्सनु हुँदैन भने यी दुई बैंकको सेक्टर फरक भएको हुनाले वित्तीय सूचकहरू पनि फरक छ सोही कारण पारिश्रमिकमा पनि धेरै भिन्नता देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको