Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले घटाएर प्रकाशन गर्यो नयाँ ब्याजदर

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०६ : ५१ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले घटाएर प्रकाशन गर्यो नयाँ ब्याजदर

मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि फागुन १ गते, सोमबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले  फागन महिनाका लागि पनि घटाएर ब्याजदर प्रकाशन गरेको छ । डेभलपमेन्ट बैंकर्स सघको बैठकले फागुनको ब्याजदर प्रकाशन गर्दा निक्षेपको ब्याजदर घटाएर प्रकाशन गर्ने सहमति गरेका थिए । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.७५ प्रतिशतदेखि अधिकतम ८.७५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.७५ प्रतिशत देखि अधिकतम १२.७५ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२.७५ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर १२.८० प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदरः

63e83bc2095f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको