Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकमा नम्बर वान मुक्तिनाथ विकास बैंकका सीईओको तलव कति छ ?

अर्थ संसार

मंगलबार, ३० फागुन २०७९, १४ : २७ मा प्रकाशित

विकास बैंकमा नम्बर वान मुक्तिनाथ विकास बैंकका सीईओको तलव कति छ ?

मुक्तिनाथ विकास बैंक लिमिटेडलाई विकास बैंकहरूमध्ये नम्बर वान मानिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकको नाफा ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । बैंककाे खुद ब्याज आम्दानी पनि बढेर २ अर्ब ४ करोड ४४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । बैंककाे सञ्चालन नाफा पनि ३.९६% ले बढेर ८९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १६९.१९% ले बढेर ४४ करोड १७ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी ७५ पैसाले बढेर १९ रुपैयाँ ५१ पैसा पुगेको छ ।  बैंककाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९६ पैसा रहेको छ । निष्कृय कर्जा अनुपात ०.२६% बाट बढेर ०.९८% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६ करोड ३ लाख ९२ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंककाे चुक्ता पूँजी ६ अर्ब ४२ कराेड ९ लाख रूपैयाँ रहेकाे छ । बैंककाे जगेडा काेषमा २ अर्ब १८ कराेड ४० लाख ६७ हजार रूपैयाँ सञ्चित रहेकाे छ । 

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१०५  प्रतिशत नगद गरी कुल १४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश बैंककाे पुस ३० गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

आज हामी यहाँ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रद्युमन पोखरेलकाे पारिश्रमिककाे बारेमा कुरा गर्दैछाैँ ।  बैंकले साधारण सभामार्फत प्रदान गरेकाे प्रतिवेदनमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७८/७९ मा बैंकका प्रमुख कार्यकारी अधिकृतले तलव भत्ता बापत १ कराेड १३ लाख ४२ हजार ६ रूपैयाँ बुझेका छन् । उनले तलव/भत्ता बापत ८५ लाख १७ हजार रूपैयाँ, सञ्चय काेष बापत ५ लाख ४० हजार रूपैयाँ, बिदा बापत ४ लाख २ हजार ५ सय ३३ रूपैयाँ र बाेनस बापत १८ लाख ८२ हजार ४ सय ७३ रूपैयाँ गरी कूल १ कराेड १३ लाख ४२ हजार ६ रूपैयाँ बुझेका हुन् ।

त्यसैगरी, अन्य सुविधाहरु अन्तर्गत सवारी चालक एकजना, ईन्धन, सर्भिसिङ्ग मर्मत खर्च सहित एउटा गाडी उपलब्ध गराइएको छ । यसका अलावा आवास कर्जा ५९ लाख २४ हजार ९ सय २५ रूपैयाँ, २५ लाख रूपैयाँको दुर्घटना बीमा, ५ लाखको औषधोपचार बीमा सुविधा र २५ हजार रूपैयाँको पोसाक भत्ता प्रदान गरिएको छ । त्यसैगरी मोबाइल तथा टेलिफोन खर्च वास्तविक बिल अनुसार प्रदान गरिएको छ । दैनिक तथा भ्रमण भत्ता वापत स्वदेशमा प्रति दिन ३ हजार ५ सय रूपैयाँ, सार्क राष्ट्रहरुमा प्रतिदिन १०० अमेरिकी डलर र अन्य राष्ट्रहरुमा प्रतिदिन १५० अमेरिकी डलर प्रदान गरिन्छ भने होटल, खाना, र यातायात वापतको वास्तविक खर्च अनुसारको रकम भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको