मुक्तिनाथ विकास बैंक लिमिटेडले पछिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ।
पुस १ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकमा, हालसम्मका वितरणयोग्य मुनाफालाई सेयरधनीलाई लाभांशका रुपमा नदिइ सञ्चित मुनाफा खातामा स्थानान्तरण गर्ने निर्णय गरिएको हो।
यस निर्णयपछि, बैंकले यसलाई नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकलाई पठाउने तयारी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस