Like us!
Follow us!
Connect us!
Watch us!

संविधानको मर्मअनुरुप क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

आइतबार, २२ साउन २०७४, २१ : २८ मा प्रकाशित

संविधानको मर्मअनुरुप क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

अर्थ संसार, काठमाडौँ –नेकपा (एमाले) ले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ ।

पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको स्थायी समितिको बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो ।

साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने वातावरण कायम राख्न नेपाल सरकारसँग समेत माग गरेको छ । त्यसैगरी, बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा धनकुटाको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (वान्तवा) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बैठकले मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र गुल्मी जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै प्रदेश नं ५ संगठन कमिटीको सदस्यमा गिरिराज केसी (दाङ) र कृष्ण पोखरेल (रुपन्देही) लाई मनोनयन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको