Like us!
Follow us!
Connect us!
Watch us!

१३ प्रतिशतले बढ्यो जीवन विकास लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०८ : २६ मा प्रकाशित

१३ प्रतिशतले बढ्यो जीवन विकास लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७८ करोड १९ लाख ३७ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ६८ करोड ९५ लाख ५८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १ अर्ब ४१ करोड ४७ लाख ११ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ११२.९५ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ३८ करोड ३७ लाख ४१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ७५ रुपैयाँ ६० पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको