Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने रिसेसन के हाे ? अर्थतन्त्र संकट तर्फ गएकाे कसरी थाहा पाउने ?

धिरज पौड्याल

विहीबार, १९ साउन २०७९, १४ : ५४ मा प्रकाशित

सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने रिसेसन के हाे ? अर्थतन्त्र संकट तर्फ गएकाे कसरी थाहा पाउने ?

मुख्यतः अर्थतन्त्रको ४ ओटा खण्ड हुन्छ रिकभरी-प्रोस्पेरिटी-रिसेसन- डिप्रेसन । अर्थतन्त्रका यी ४ खण्ड क्रमिक रुपमा घटिरहेका हुन्छन् साथै यो क्रमिक प्रक्रिया हो । विशेषतः यो साइकललाई अर्को रूपमा लिने पनि गरिन्छ रिसेसन- ट्रफ -रिकभरी - पीक । अर्थतन्त्रका सूचकहरु नकारात्मक हुँदै जानु रिसेसन , सुधार उन्मुख हुनु रिकभरी, रिसेसन को चरम बिंदु ट्रफ र रिकभरीको उच्च बिंदु पीक। अर्थतन्त्र यो साइकलको आधारमा लगानीकर्ता  लगानी रणनिति तयार गर्ने गर्दछन्। हामी यस लेखमा रिसेसन र लगानी सम्बन्धी कुरा गर्नेछौ। 

अहिले विश्व अर्थतन्त्र रीसेसन तर्फ उन्मुख भइरहेको छ। रिसेसनलाई थप बुझ्दा अर्थतन्त्र संकट तर्फ जाँदैछ भन्नु हो। अर्थतन्त्रका ४ खण्डमा अर्थतन्त्र स्याचुरेट भएपछिको यस खण्डतर्फ जान्छ। अहिले विश्व अर्थतन्त्र रिसेसनको चरणमा पुगिसकेको भने छैन, रीसेसनका थप ३ फेजमा वर्गीकरण गर्ने गरिन्छ,- प्रीरीसेसन, रीसेसन, पोस्टरीसेसन र यसपछि एक्सपान्सन। 

रीसेसनको प्रभाव प्रत्यक्ष रूपमा सेयर बजारमा देखिने गर्दछ, सेयरबजारलाई अर्थतन्त्रको एना पनि भन्ने गरिन्छ। अमेरिकामा  सन् १८५४ देखि हालसम्म ३३ रीसेसन आएको जनाइएको छ र रीसेसन साइकल सामान्यतः ५-५ वर्षको अन्तरालमा देखिने गरेको छ। रीसेसनको छाप सेयरबजारमा देखिन्छ भन्नुको अर्थ विश्व अर्थतन्त्रमा देखिएका जतिपनि रीसेसन छन् ती सबै समयमा शेयरको मूल्यमा गिरावट देखिन्छ। रीसेसनमा सेयरबजार बियरिस हुन्छ त्यो मूल्यमा होस या मनोविज्ञानमा। 

रीसेसनलाई लगानीको अवसरको रूपमा व्याख्या गर्ने गरिन्छ। रीसेसन दिर्घकालिन लगानी गर्ने उपयुक्त समयको रूपमा लिने गर्छन। सेयरबजारले अर्थतन्त्रलाई लीड गर्ने गर्दछ, रिसेसन सुरुवातमै वा प्रिरीसेसन अवधिमा सेयरबजारमा शेयरको मूल्यमा गिरावट देखिन्छ वा गिरावटमै रीसेसन सुरु हुन्छ। दिर्घकालिन लगानी गर्ने हरुलाई सस्तोमा खरिद गर्ने मौका मिल्छ। सेयरको मूल्य कम्पनीको भ्यालु आधारमा डिस्काउन्ट रेटमा यस समयमा उपलब्ध हुन्छ जसका कारण अर्थतन्त्र सुधार हुँदा सेयरबजारमा सुधार देखिन्छ जसबाट दीर्घकालिन रुपमा राम्रो फाइदा लिन सकिन्छ।

रीसेसनको अवधि कति रहन्छ निर्धारित नहुने हुँदा सेयरको मूल्य थप तल जाने प्रश्न भने जिवितनै रहन्छ साथै कम्पनीको मूल्य कम्पनीको सेयरको आधारमा डिस्काउन्ट मूल्यमा पाइन्छ अर्थात् कम मूल्यमा उपलब्ध हुन्छ, कम मूल्यमा उपलब्ध भएकै खण्डमा सेयरको खरिद गरी अर्थतन्त्र सुधार भएको खण्डमा फाइदा हुन्छ भनी शेयर खरिद गर्नु अनुपयुक्त हुन्छ लगानी गर्दा उपयुक्त योजना र रणनीति आवश्यक रहन्छ, रीसेसन अवधि के कति भन्ने निश्चित नरहँदा शर्ट टर्म लगानी भन्दापनि लङ्ग टर्म लगानी गर्नु आवश्यक रहन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको