Like us!
Follow us!
Connect us!
Watch us!

हुलास स्टिल, नेपाल उद्योग परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच त्रिपक्षिय सम्झौता ः तालिमपछि युवालाई रोजगारीको अवसर

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १६ : ०२ मा प्रकाशित

हुलास स्टिल, नेपाल उद्योग परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच त्रिपक्षिय सम्झौता ः तालिमपछि युवालाई रोजगारीको अवसर

नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल  उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमुलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा  उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ॠषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्युन्तम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ ।

कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको