Like us!
Follow us!
Connect us!
Watch us!

हुलास आल्मुनियमको फ्रेबिकेटरहरुबीच भेटघाट

अर्थ संसार

सोमबार, २५ बैशाख २०८०, १८ : २५ मा प्रकाशित

हुलास आल्मुनियमको फ्रेबिकेटरहरुबीच भेटघाट

नेपालको चर्चित ब्राण्ड हुलास आल्मुनियमले सोमबार फ्रेबिकेटरहरुबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

चितवनको दियालो फुडल्याण्डमा सम्पन्न भएको कार्यक्रममा आफ्ना फ्रेबिकेटरहरुलाई हुलास स्टलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टिल एप’ को बारेमा जानकारी दिएको थियो ।

हुलास स्टिलले फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टिलले आफ्नो एपमार्फत ‘हुलास स्टिल एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको गरेको हो ।

फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन् । ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टिल एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्न सकिने छ। जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो, त्यति धेरै उपहार हुलास स्टिल एपमार्फत उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

भेटघाट कार्यक्रममा चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिलले फ्रेबिकेटरहरुलाई कम्पनीले उत्पादन गरेको नयाँ उत्पादनहरुको विषयमा समेत जानकारी गराएको थियो । भेटघाट कार्यक्रममा १ सय ५० जनाभन्दा बढी हुलास आल्मुनियमका फ्रेबिकेटरहरुको उपस्थिति थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको