Like us!
Follow us!
Connect us!
Watch us!

हुलास १०० लखपती अफर : पहिलो दिनको विजेतामा कृष्ण अधिकारी र भिमाद खानेपानी उपभोक्ता समिति

अर्थ संसार

सोमबार, १६ माघ २०७९, १६ : ५५ मा प्रकाशित

हुलास १०० लखपती अफर : पहिलो दिनको विजेतामा  कृष्ण अधिकारी र भिमाद खानेपानी उपभोक्ता  समिति

 हुलासले सञ्चालन गरेका हुलास लखपतिमा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति भएका छन् ।  

सोमबार हुलासको केन्द्रिय कार्यालयमा भएको लक्क ड्र मार्फत  भएको बिजेता घोषणामा अधिकारी र भिमाद खानेपानी उपभोक्ता  तथा सरसफाई समिति बिजेता भएका हुन् । यो योजना २०७९ साल माघ १५ गते देखि चैत्र १५ गते सम्म न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा उपलब्ध हुनेछ ।   

लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचि एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा WhatsApp वा Viber मा अनिवार्य पठाउनु पर्नेछ । एउटा भ्याट विल र कुपन एक पटक मात्रै सहभागी गर्न पाइने छ अन्यथा रद्ध गरिनेछ ।

पुरस्कार प्राप्त गरेका कुपनहरु बाहेक, यस योजना अन्तर्गत पठाएका कुपनहरु योजना अवधिभर हरेक लक्की ड्रमा समावेश गरिनेछ । 

हुलास लखपति योजनामा ध्यानु दिनु पर्ने कुराहरु  

१. यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ। 

२. खरिद बमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनु पर्नेछ। 

३. न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनिबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनीले Lucky Draw  मा सामिल गरीदिनेछ ।

४. योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक Facebook page - Hulas बाट Lucky Draw मार्फत २ जनालाई प्रति व्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ ।   

५. यो योजनामा हुलास जस्तापाता बिक्रेता, कर्मचारी र परिवारलाई समावेश गर्न पाईने छैन ।

६. योजना अवधि अगावै वा सकिएपछिको बिल एवं कुपनलाई यस योजनामा समावेश गरिने छैन ।                                                                           

 ७. कुपन तथा भ्याट विलको सक्कल प्रति योजना अवधिभर सुरक्षित राख्नुहोस् ।  उपहार दाबी गर्दा सक्कल कुपन र भ्याट विलको दुबै अनिवार्य समावेश गर्नु पर्नेछ।

८.    उपहार धनराशीमा नेपाल सरकार बमोजिम कर लागू हुनेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको