Like us!
Follow us!
Connect us!
Watch us!

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, ०८ : ४९ मा प्रकाशित

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ। 

कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर आईपीओ जारी गर्ने प्रस्ताव सहित आफ्नो  विशेष साधारणसभा बोलाएको छ । कम्पनीले असार १६ गते आफ्नो  कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा डाकेको छ। 

सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँबराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव अगाडी सारेको छ। 

तेस्तै,कम्पनीले आफ्ना संस्थापक सेयर जारी पश्चात सर्वसाधारणका लागि आईपीओ प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लगिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको