Like us!
Follow us!
Connect us!
Watch us!

'ब्रोकर कमिसन मात्र हैन नियामक निकायको शुल्क पनि घटाउनुपर्छ'

अर्थ संसार

विहीबार, १९ साउन २०७९, १६ : १३ मा प्रकाशित

'ब्रोकर कमिसन मात्र हैन नियामक निकायको शुल्क पनि घटाउनुपर्छ'

नेपाल स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकर कमिसन मात्र नभई नियामक निकायहरुले लिने शुल्कमा समेत पुनरावलोकन गर्नुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ नाफिजकाे आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामि पाँच वर्षको सम्भावना सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

"अहिलेसम्म ३ पटक ब्रोकर कमिसन घटाइसकेको छ तर यो तिनै पटक अन्य कुनै पनि शुल्क घटाइएको छैन" उनले भने, "१.५ प्रतिशतको ब्रोकर कमिसनलाई घटाएर अधिकतम ०.४०% पुर्याइएको छ अघिल्लो वर्षको कारोबार हेर्दा एभरेजमा ०.२९% ब्रोकर कमिसन परेको देखिन्छ।"

अहिले प्राथमिक बाजार देशभर पुगिसकेको अवस्थामा दोश्रो बजारलाई कसरी देशभर पुर्याउने भन्ने स्पष्ट योजना धितोपत्र बोर्डसँग नदेखिएको उनको तर्क छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको