एनएमबि क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा भएको छ । क्यापिटलले गत आर्थिक बर्षको मुनाफाबाट एनएमबि फिफ्टी र एनएमबि हाइब्रिड फण्ड एल १ को लाभांश घोषणा गरेको हो ।
एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको त तसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
क्यापिटलले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस