Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलले आजदेखि लगानीकर्ताको खातामा लाभांश जम्मा गर्ने

अर्थ संसार

विहीबार, ०९ भदौ २०७९, ०७ : ०९ मा प्रकाशित

एनएमबि क्यापिटलले आजदेखि लगानीकर्ताको खातामा लाभांश जम्मा गर्ने

एनएमबि क्यापिटलले आजदेखि आफ्ना लगानीकर्ताहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । क्यापिटलद्धारा सञ्चालित २ म्युचुअल फण्डहरुले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरेको नगद लाभांश आजदेखी इकाईधनीहरुको खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ । 

क्यापिटलद्धारा सञ्चालित एनएमबि फिफ्टी फण्डका इकाईधनीहरूलाई करसहित २१.०५२३६ प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल १ का इकाईधनीहरूलाई समेत २१.०५२३६ प्रतिशत करसहित लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

क्यापिटलले लाभांश प्रयोजनार्थ साउन ३१ गते एक दिनका लागि बुकक्लोज समेत गर्ने निर्णय गरेको थियो तसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूले आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न सक्नेछन् । त्यस्तै कुनै सदस्यको हितग्राही खातामा हालसम्म पनि फण्डका इकाईहरु जम्मा भइ नसकेको भएमा क्यापिटलमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । 

क्यापिटलको सूचनाः
 

6306cfc10d412.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको