Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलले घटायो डिपी शुल्क

अर्थ संसार

बुधबार, ०१ चैत्र २०७९, ०७ : ५५ मा प्रकाशित

एनएमबि क्यापिटलले घटायो डिपी शुल्क

एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड इ नामक खुलामुखी योजनाको कारेबारमा लाग्ने निक्षेप सदस्य शुल्क(डिपि) घटाएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै एमबि बैंक लिमिटेड कोष प्रबर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित 'एनएमबि सरल बचत फण्ड इ' नामक खुलामुखी योजनाका लगानीकर्ताहरू तथा इकाईधनीहरूले हालसम्म प्रत्येक कारोबारमा निक्षेप सदस्य शुल्क (DP Fee) रु. २५/- तिर्नुपर्ने व्यवस्था भइरहेकोमा सो शुल्क परिमार्जन गरी यहि चैत्र १ गते देखि लागु हुने गरी प्रति कारोबार निक्षेप सदस्य शुल्क (DP Fee) रु. ५/- लाग्ने व्यवस्था गरीएकाे जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको