Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड, १०.३६ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, ०८ : २६ मा प्रकाशित

नबिल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड, १०.३६ रुपैयाँले घट्यो प्रतिसेयर आम्दानी

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफामा बृद्धि आएको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ९.८३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ५२ करोड ७५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा १३.९८ प्रतिशतले बढेर ७ अर्ब ९ करोड ६३ लाख रूपैयाँ पुगेको छ । गत वर्ष बैंकले ६ अर्ब २२ करोड ६० लाख रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३७ करोड १४ लाख रुपैयाँ रहेको छ जुन गत बर्षको तुलनामा १८.६९ प्रतिशतले कम हो ।

त्यस्तै, बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ र जगेडा कोषमा २९ अर्ब ७५ करोड ७ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएसं) ३२ रुपैयाँ ७० पैसाबाट घटेर २१ रूपैयाँ ७८ पैसामा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको