Like us!
Follow us!
Connect us!
Watch us!

खातामै नभएको सेयर बिक्री भएर परिने क्लोज आउटबाट कसरी बच्ने ?

राज कुमार न्यौपाने

अर्थ संसार

शुक्रबार, २० साउन २०७९, १४ : २४ मा प्रकाशित

खातामै नभएको सेयर बिक्री भएर परिने क्लोज आउटबाट कसरी बच्ने ?

भनिन्छ यो एक्काईसौ सताब्दीको युग भनेको प्रविधिको युग पनि हो । विश्वमा भएको प्रविधिको विकासले हाम्रो जिवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । केही वर्ष अघिसम्म पनि सेयर किनबेच गर्न ब्रोकरकोमा धाउनुपर्ने अवस्थामा रहेको हामि लगानिकर्ता अहिले विश्वको कुनै पनि कुनामा बसेर सजिलै अनलाइन मार्फत सेयर कारोबार गर्न सक्छौ । 

सेयर किनबेच, रकम स्थानान्तरणदेखि सेयरमा रहेको आफ्नो स्वामित्वको हस्तानान्तरण पनि अहिले अनलाईनबाट नै सम्भव भएको छ । हामिले सेयर सम्बन्धी सम्पुर्ण कारोबार अहिले अनलाईनबाट नै सजिलै गर्न सक्छौँ । तर योसँगै अनलाईन प्रणालीकै कारण अहिले कतिपय लगानीकर्ताहरुले भने नराम्रोसँग नोक्सानी व्यहार्नु परेको छ । खातामै भएको सेयर बिक्री हुँदा पछिल्लो समय लगानीकर्ताहरुले करोडौ रुपैयाँ क्लोज आउट तिर्नु परेको यथार्थ हामी सबै माझ जगजाहेर नै छ ।

सामान्यतया लगानीकर्ताको खातमा नै नभएको सेयर बिक्री त नहुनै पर्ने हो तर  हाम्रो टिएमएसमा रहेको प्राविधिक समस्याका कारण अहिले धेरै लगानीकर्ताहरुले यस्तो समस्या झेल्नु परिरहेको छ । तर हामी केही सजग भएर केही सामान्य कुराहरुलाई ध्यान दिएर मात्र सेयर किनबेच गर्यो भने यस्तो समस्याबाट बच्न सकिन्छ ।

खातामै नभएको सेयर बिक्री भएर परिने क्लोज आउटबाट बच्ने उपायहरुः

१) मेरो सेयरमा माइ पोर्टफोलियो मा कति मौज्दात छ यकिन गर्नुहोस् ।

२) टिएमएस मा ब्रोकर ब्याक अफिस श्र डिपि होल्डिङ्ग्स मा टिएमएस ब्यालेन्के कति छ हेर्नुहोस, त्यसपछी मात्र सेल अर्डर राख्नुहोस् ।

यति गर्दा पनि प्राविधिक समस्या हुँदा कहिले काहीँ नभएको सेयर बिक्री हुन सक्छ । त्यसो हुँदा के गर्ने ?

१) तपाइँको ब्रोकरसँग कुरा गर्नुहोस् । ब्रोकरसँग होल्डिङ्ग्स भए यो समस्या समाधान गर्न सक्दछ ।

२) यदि ब्रोकरले यो समस्या समाधान गर्न सकेन भने नेप्सेमा निवेदन दिनुहोस् वाइकोलाई समेत बोधार्थ उल्लेख गरेर । प्राविधिक कारणवस नभएको सेयर बिक्री भएकोमा म दोषी छैन, तसर्थ यो समस्या हल गर्दिनुस भनेर। त्यो पत्र दर्ता पनि गराउनुहोस् । के कारण यसो भएको हो जानकारी पाउँ भनी उल्लेख पनि गर्नुहोस।

३) त्यसपछी सेबोनमा पनि निवेदन दर्ता गर्नुहोस् । सेबोनलाई मेरो गल्ती बिना मैले किन क्लोजआउटमा पर्ने ? छानबिन गरि समस्या समाधान गरिदिनु भनी उल्लेख गर्नुहोला । सेबाेनमा अनलाईन मार्फत पनि निवेदन वा उजुरी दर्ता गर्न सकिन्छ ।

४) नेप्से र सेबोनमा निवेदन गर्दा गरेको एक हप्ता पछि अर्को निवेदन लिएर जानुस् । पुरानो निवेदन उपर के जाँच बुझ गर्नु भयो ? लिखित उत्तर पाउ भनेर कुरा राख्नुस । सिस्टम  या भेन्डर को गल्ती को सजाय मैले पेनाल्टी तिर्नु कतिको न्यायोचित भनेर नि कुरा राख्नुहोस् । कस्तो प्रतिक्रिया आउँछ हेर्नुहोस। यदि तपाईंले क्लोज आउटको रकम तिर्नु परेन, नियामकले मिलाउन सके ठिकै छ ।

५) यदि गर्दा पनि समस्या निराकरण नभएमा अदालत जानुहोस् । टिएमएस मा प्राविधिक समस्याका कारण सेयर बेच्दा क्लोजआउट रकम तिर्न नसक्ने तथा आफुलाई शारिरिक तथा मानसिक पीडा समेत भएकोले सम्बन्धित निकायसङ्ग क्षतिपूर्ति दावीसहितको निवेदन दिनुहोस् ।

६) कहिले काहीँ भएको सेयर बेच्दा पनि लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको सुनिएको छ। समयमा इडिआइएस गर्न नसक्दा यो समस्या आउन सक्छ। यस्तो समस्या न आओस भन्न का लागि ब्रोकर को मा २-४ ओटा डि आइ एस स्लिप साइन गरेर छाड्नुहोस। यति गर्दा ब्रोकर र डिपि प्रोभाइडर मिलेर तपाइको इडिआइएस म्यानुअल्लि  गरिन्छ र क्लोजआउट बाट बच्न सकिन्छ। 

र अन्त्यमा एउटा राम्रो कुराः

यसै विषय मा आज बिहान नेप्से का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की सरसँग मेरो कुरा भएको थियो। ग्राहकसँग नभएको सेयर बिक्री हुँदा अक्सन मार्केटको अवधारणा रहेको र त्यहाबाट यो समस्या हल हुन सक्छ अनि यो विषयमा बहस हुँदै गएको र छिट्टै कार्यान्वयनमा आउने कुरा उनले जानकारी दिए । यो सुरुवात गर्न खासै झन्झटिलो नरहेको पनि उनले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको