अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते, बुधबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीकाे आईपीओमा आवेदनकाे ओइराे लागेकाे छ ।
सिडिएसका अनुसार कम्पनीकाे आईपीओमा शुक्रबार दिउँसाे १:४६ बजेसम्म १४ लाख ३० हजार ४ सय ६ जना लगानीकर्ताहरूले एक अर्ब ६३ कराेड ६६ लाख ६२ हजार रूपैयाँ बराबरकाे एक कराेड ६३ लाख ६६ हजार ६ सय २० कित्ताका लागि आवेदन दिएका छन् ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ४८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुन आउने १२ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस