Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश क्षमतामा बलियो आईसिएफसी, कुन फाइनान्सको लाभांश क्षमता कति ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, ११ : ३४ मा प्रकाशित

लाभांश क्षमतामा बलियो आईसिएफसी, कुन फाइनान्सको लाभांश क्षमता कति ?

नेपालका अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको मुनाफामा वृद्धि भएको छ । 

तरलता संकटका कारण बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा केही संकुचन आए पनि कम्पनीहरुको मुनाफा भने संतोषजनक देखिएको छ । अघिल्ला आर्थिक वर्षमा कोभिडका कारण धेरै लगानी गर्न असफल भएका बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक वर्षमा आफ्नो पुरै क्षमता बराबरको लगानी गर्न सफल भएकोले पनि यस्ता संस्थाहरुको मुनाफामा केहि वृद्धि देखिएको जानकारहरु बताउँछन् ।

तर गत आर्थिक वर्षको तुलनामा यो वर्ष फाइनान्स कम्पनीहरुको मुनाफामा भने केही संकुचन आएको छ । कम्पनीहरुको कोर व्यवसायबाट हुने आम्दानीमा केही सुधार आएको भएता पनि उनीहरुको अन्य आम्दानीमा भने संकुचन आएको हो । 

अघिल्लो आर्थिक वर्षमा कतिपय कम्पनीहरुले सेयरमा गरेको लगानीबाट आर्जित मुनाफाका कारण पनि उनीहरुको लाभांशको क्षमता बलियो देखिएको हो । गत आर्थिक वर्षको अन्तिमसम्ममा सबैभन्दा बढी लाभांश क्षमता भएको फाइनान्स कम्पनी बनेको छ आईसीएफसी फाइनान्स । गत वर्षको अन्तिमसम्ममा फाइनान्सले २० करोड ६ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको देखिन्छ । कम्पनीको लाभांश क्षमता हेर्दा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने देखिन्छ । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, २ वटा फाइनान्स कम्पनीहरुको लाभांश क्षमता भने नकारात्मक देखिन्छ । बेष्ट फाइनान्स कम्पनी र समृद्धि फाइनान्सको लाभांश क्षमता नकारात्मक छ जसका कारण यी फाइनान्स कम्पनीले लाभांश वितरण गर्न सक्दैनन् । 

त्यसैगरी लाभांश क्षमता भएता पनि तिनवटा फाइनान्स कम्पनीहरुले भने लाभांश वितरण गर्न नसकिने देखिन्छ । राष्ट्र बैंकको विद्यमान नियम अनुसार ५ प्रतिशतभन्दा बढि खराब कर्जा(एनपिएल) भएका कम्पनीहरुले लाभांश वितरण गर्न सक्दैनन् । चौथौ त्रैमासको वित्तिय विवरण अनुसार नेपाल फाइनान्सको १४.७, गोर्खाज फाइनान्सको एनपिएल ७.५ प्रतिशत र जानकी फाइनान्सको ७.८ प्रतिशत खराब कर्जा देखिन्छ जसका कारणले उनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्न सक्ने छैनन् । 

गत आर्थिक वर्षको फाइनान्स कम्पनीहरूको वित्तीय विवरण नियाल्दा फाइनान्स कम्पनीहरूको प्रतिसेयर आम्दानी (ईपीएस) औषतमा ९ रूपैयाँ ९६ पैसा रहेको छ । 

गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कुन फाइनान्स कम्पनीको दुख मुनाफा, प्रतिसेयर आम्दानी, एनपिएल र वितरणयोग्य मुनाफा कति ?

62ef5569da5f6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको