Like us!
Follow us!
Connect us!
Watch us!

वित्तिय विवरण : ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया, कुन सूचकमा कुन बलियो ?

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १२ : २३ मा प्रकाशित

वित्तिय विवरण : ग्लोबल आईएमई, नबिल र एनआईसी एशिया, कुन सूचकमा कुन बलियो ?

साउन लागेसँगै सूचिकृत कम्पनीहरूको गत आर्थिक वर्षको वित्तीय विवरण धमाधम सार्वजनिक गरेका छन् । सबै वाणिज्य बैंकहरूले पनि गत आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । 

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई वित्तिय विवरण प्रकाशन गर्ने समय २१ दिन थप गरिदिएकाले साउन २१ गतेसम्ममा अधिकांश सबै संस्थाहरुले वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । 

लगानीकर्ताहरूले रूचाउने तथा ठूला वाणिज्य बैंक भनेर चिनिने ग्लोबल आइएमई बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडले पनि हिजै वित्तीय विवरण सार्वजनिक गरेका छन् । आज हामीले यी ३ वटा बैंकको वित्तीय विवरणलाई तुलनात्मक ढङ्गले हेर्ने प्रयास गरेका छौँ ।

खुद नाफाकाे आधारमा

खुद नाफाकाे आधारमा हेर्दा गत आर्थिक वर्षमा आइएमई बैंक लिमिटेडकाे खुद नाफा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ, नबिल बैंक लिमिटेडकाे खुद नाफा ४ अर्ब ९७ करोड २७ लाख रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे ४ अर्ब ५२ करोड ५४ लाख रुपैयाँ रहेकाे छ । नाफाकाे हिसाबले हेर्दा ग्लोबल आइएमई बैंक सबैभन्दा अगाडि रहेकाे छ । 

चुक्ता पूँजीकाे आधारमा

चुक्ता पूँजीकाे आधारमा तुलना गर्दा ग्लोबल आइएमई बैंक लिमिटेडकाे चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ, नबिल बैंक लिमिटेडकाे चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेकाे छ । यसरी हेर्दा चुक्ता पूँजीमा पनि ग्लोबल आइएमई बैंक नै अब्बल रहेकाे छ । 

वितरणयाेग्य नाफाकाे आधारमा

नबिल बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा ९ अर्ब १२ करोड रुपैयाँ, ग्लाेबल आइएमई बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे वितरणयोग्य मुनाफा २ अर्ब २४ करोड ६४ लाख रुपैयाँ रहेको छ। याे सूचकमा भने नबिल बैंक बलियाे देखिएकाे छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाइ प्राप्ती पछि प्राप्त सहुलियतका कारण पनि यसकाे वितरणयाेग्य मुनाफा ब्यापक बढेकाे हाे ।

जगेडा काेषकाे आधारमा

जगेडा काेषकाे आधारमा हेर्दा नबिल बैंक लिमिटेडकाे जगेडा काेषमा २९ अर्ब ७५ करोड ७ लाख रुपैयाँ, एनआईसी एशिया बैंक लिमिटेडकाे जगेडा काेषमा १३ अर्ब ५८ करोड ९६ लाख रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे जगेडा काेषमा १३ अर्ब ३५ करोड २६ लाख रुपैयाँ सञ्चित रहेकाे छ । याे तथ्याङ्कले ३ वटा बैंकमध्ये नबिल बैंककाे जगेडा काेष धेरै रहेकाे देखाउँछ ।

सञ्चालन नाफा

चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म ग्लोबल आइएमई बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ७ अर्ब ५६ करोड १ लाख रूपैयाँ, नबिल बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ७ अर्ब ९ करोड ६३ लाख रूपैयाँ र एनआईसी एशिया बैंक लिमिटेडकाे सञ्चालन मुनाफा ६ अर्ब ४० करोड ९९ लाख रूपैयाँ रहेकाे छ । याे सूचकमा पनि ग्लोबल आइएमई बैंक लिमिटेड नै अब्बल छ । 

खुद व्याज आम्दानी

एनआईसी एशिया बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ११ अर्ब ७७ करोड २१ लाख ४३ हजार रूपैयाँ, नबिल बैंक लिमिटेडकाे खुद व्याज आम्दानी ९ अर्ब ४३ करोड १९ लाख रूपैयाँ र ग्लोबल आइएमई बैंक लिमिटेडकाे खुद व्याज आम्दानी १० अर्ब ७४ करोड ६ लाख रूपैयाँ रहेकाे छ । यस सूचकमा एनआईसी एशिया बैंक अन्य २ बैंकभन्दा बलियाे छ ।

प्रतिसेयर आम्दानी (ईपीएस)

एनआईसी एशिया बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ३९ रुपैयाँ १३ पैसा, ग्लोबल आइएमई बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २१ रूपैयाँ ८७ पैसा र नबिल बैंक लिमिटेडकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २१ रुपैयाँ ७७ पैसा रहेकाे छ । ईपीएसमा पनि एनआईसी एशिया बैंक अगाडि छ ।

62ef68abec122.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको