Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १४ : ३२ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौ वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ५७१ जना रक्तदाता सहभागी भएका थिए । कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, धरान, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो । 

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले पाँचौ वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमहरु आयोजना गर्न लागिएको जानकारी दिएका छन् । 

२०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । 

आफ्ना ग्राहक वर्गहरुमा सर्वसुलभ पहूँच, उत्कृष्ट बीमालेखन, झन्झटमुक्त दावी र व्यवसाय अनुकुलको समाधान गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताए । जीवन बीमाबारेमा जनचेतना वृद्धि गर्ने, जीवन बीमा सुविधाहरुको माध्यमबाट ग्राहकहरुको वित्तीय सुरक्षालाई बढावा दिने तथा राष्ट्रको विकासमा योगदान दिने परिकल्पनाका साथ जीवन बीमा व्यवसाय सञ्चालन शुरु गरिएको कम्पनीले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको