Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, ०८ असोज २०८२, १७ : १२ मा प्रकाशित

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सद्वारा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ।

"रक्तदान जीवन दान" भन्ने मूल नारासहित आयोजना गरिएको यस कार्यक्रमको उद्देश्य दशैंको विदाका समयमा रक्तको आवश्यकता पर्ने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्नु रहेको कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ l ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको