Like us!
Follow us!
Connect us!
Watch us!

भदाैमा ब्याजदर नबढाउने भद्र सहमति

अर्थ संसार

आइतबार, २२ साउन २०७९, १६ : १० मा प्रकाशित

भदाैमा ब्याजदर नबढाउने भद्र सहमति

भदाै महिनामा पनि बैंकहरूकाे ब्याजदर नबढ्ने भएकाे छ । नेपाल बैंकर्स संघकाे निर्णय अनुसार बैंकहरूले साउन महिनाकाे लागि पनि यथावत ब्याजदर राख्ने भद्र सहमति गरेका छन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि समीक्षाका लागि बसेको बैंकर्स संघको बैठकमा ब्याजदर नबढाउने सहमति भएको हो । माैद्रिक नीतिमा राष्ट्र बैंकले नीतिगत दरहरु (बैंक रेट, पोलिसी रेट, सीआरआर,एसएलआर आदि) बढाएकाले भदौदेखि निक्षेपको ब्याजदर बढ्ने व्यापक चर्चा थियाे । तर ब्याजदर बढाए पनि निक्षेप नबढ्ने भन्दै बैंकरहरू भने ब्याजदर नबढाउने निष्कर्समा पुगेका हुन् । 

सहमति अनुसार भदौमा पनि वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् । तर, एक वर्षे संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत रहनेछ । 

यसअघि चैत्र, वैशाख, जेठ, असार र साउन महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेकाे थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको