Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र नागरिक लगानी कोषको ३१ प्रतिशत लाभांश पाउने

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, ०६ : १० मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र नागरिक लगानी कोषको ३१ प्रतिशत लाभांश पाउने

नागरिक लगानी कोषले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्न लागेको ३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि श्रावण २५ गते, बुधबार बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले आज श्रावण २४ गते, मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कोषको श्रावण १२ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २७ औँ वार्षिक साधारण सभा भदौ ६ गते कम्पनीको केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा हुनेछ ।

सभामा कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीका सेयरधनीहरूलाई आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको