Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटलकाे खुल्लामुखी फण्डमा आवेदन दिने म्याद थपियाे, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

मंगलबार, २४ साउन २०७९, १० : ३७ मा प्रकाशित

लक्ष्मी क्यापिटलकाे खुल्लामुखी फण्डमा आवेदन दिने म्याद थपियाे, अब कहिलेसम्म भर्न पाइन्छ ?

लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ‘शुभ लक्ष्मी काेष’ नामक म्युचुअल फण्ड भर्ने म्याद थपिएकाे छ । याे खुल्लामुखी योजना हो । छाेटाे अवधिमा बिक्री नभएपछि उक्त फण्डमा आवेदन दिने म्याद भदाै २ गतेसम्मका लागि लम्ब्याएकाे छ । 

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवद्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछन् । त्यसपछी बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको