Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश नंं २ मा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

सोमबार, २३ साउन २०७४, १४ : १४ मा प्रकाशित

प्रदेश नंं २ मा पनि एमाले पहिलो हुन्छ : नेता खनाल

अर्थ संसार, बनियानी (झापा)– नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज पत्रकार भेटघाटमा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, तेस्रो चरणमा पनि पहिलो नै हुन्छ ।”

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै नेता खनालले भन्नुभयो, “त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने छ, अब एमालेको विजयी यात्रालाई कसैले छेक्न सक्दैन ।”

पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले कसैले पनि निर्वाचनलाई रोक्नसक्ने अवस्था नरहेको बताउनुभयो । सरकारले प्रदेश र संघको निर्वाचनको मिति तोक्न ढिलाइ गरेको भन्दै त्यसप्रति एमालेको आपत्ति रहेको उहाँले उल्लेख गर्नुभयो । निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै नेता खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पार्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको