अर्थ संसार, इटहरी– सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि निजी कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज मध्यान्ह १।३० बजे को१च ९४३२ नम्बरको कारले सडकमा हिँडिरहेका सुनसरी भुटाहा–३ निवासी ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा पु¥याइएपछि मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । उहाँसँगै हिँडिरहेका नरसिंह–६ का ५५ वर्षीय रतिश अन्सारी पनि गम्भीर घाइते भएको र उहाँको जिल्ला अस्पताल इनरुवामा प्राथमिक उपचारपछि तत्कालै न्यूरो अस्प्ताल विराटनगरमा थप उपचारका लागि पठाइएकोे छ ।
दुर्घटना गर्ने कार र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय इनरुवाले नियन्त्रणमा लिई कारबाही अघि बढाइसकेको बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस