Like us!
Follow us!
Connect us!
Watch us!

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

अर्थ संसार

बुधबार, २५ साउन २०७९, १६ : ०४ मा प्रकाशित

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित दुईवटा विधेयक पारित गरेको छ । 

बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको हो । 

उक्त विधेयक पारित गरिनुअघि दफावार छलफल भएको थियो । दफावार छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको