Like us!
Follow us!
Connect us!
Watch us!

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १२ : ४९ मा प्रकाशित

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ लाख १२ हजार २ सय २३ दशमलव ५७ कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गर्न लागेकाे हाे । 

उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल र रिचेत जलविद्युत कम्पनी लिमिटेडका कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र एनआईबिएल एस क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् । 

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको