स्वतन्त्र पूँजी बजार सुधार संघले सञ्चार माध्यममा आउने सेयर बजारसम्बन्धी तथ्यहिन समाचार समाचारप्रति आपत्ति जनाएको छ । संघले बिहिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै एक अनलाइनले व्यक्तिगत मानहानी गर्ने उद्देश्यका साथ समाचार प्रकाशित गरेको भन्दै आपत्ति प्रकट गरेको हो ।
आफ्नै लयमा चल्न दिनुपर्ने पूँजी बजारलाई प्राविधिक विश्लेषणको हवाला दिँदै प्राविधिक औजार, सूचक र ढाँचाको प्रयोगका नाममा गलत व्याख्या गरी सम्पूर्ण लगानीकर्ताहरुको मनोबल गिराउने, लगानीकर्ताको भावनामाथि खेलबाड गर्नुका साथै बजारमा त्रास सिर्जना गर्ने काम भएको संघको विज्ञप्तिमा उल्लेख छ ।
संघले प्रेस विज्ञप्ति मार्फत् नेपाल धितोपत्र बोर्डलाई तथ्यहिन र स्वार्थपरक समाचार प्रकाशित गरी लगानीकर्ताहरुमाझ भ्रामक सामग्री प्रकाशन गर्ने अनलाइनलाई तुरुन्त कारवाही गर्न माग गरेको छ । संघले नेपाल प्रेस काउन्सिलले समेत यस्ता तथ्यहिन समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमको लाइसेन्स खारेज गर्नुपर्ने उसको दावी छ ।
पूँजी बजारको विकास र स्थायित्वको लागी आम लगानीकर्ताहरुबाट गलत क्रियाकलापको विरुद्धमा आवाज बुलन्द गर्ने क्रममा प्रशासनको हवाला दिँदै धम्की दिने कार्य भएको भन्दै संघले निरन्तर आफ्नो तर्फबाट आवश्यक सहयोगसहितका खबरदारी कार्यक्रम जारी राख्ने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस