Like us!
Follow us!
Connect us!
Watch us!

भदौ ७ गतेदेखि आईपिओ निष्काशन गर्दै इष्टर्न हाईड्रोपावर, कसले दिने आवेदन ?

अर्थ संसार

आइतबार, २९ साउन २०७९, ०६ : १३ मा प्रकाशित

भदौ ७ गतेदेखि आईपिओ निष्काशन गर्दै इष्टर्न हाईड्रोपावर, कसले दिने आवेदन ?

इष्टर्न हाईड्रोपावर कम्पनी लिमिटेडले भदौ ७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

क-कसले भर्न पाउँछन् ?

यस आईपीओमा आयोजनाबाट अति प्रभावित भाेजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

कति दिने आवेदन ?

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त आईपीओमा छिटोमा २१ भदौसम्म र ढिलोमा ५ असोजसम्म आइपीओ खुला रहनेछ ।

काे हाे बिक्री प्रबन्धक ?

यो आइपीओकाे प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेका छन् ।

कहाँबाट दिने आवेदन ?

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रकाशन गरेको विवरणपत्रः

62f8438d28003.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको