Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्- ‘ब्याजदरले बजारको आगामि बाटो र्निधारण गर्छ’

नेप्से

आइतबार, २९ साउन २०७९, १४ : ४३ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्- ‘ब्याजदरले बजारको आगामि बाटो र्निधारण गर्छ’

आज साताको पहिलो दिन आईतबार पनि नेप्से परिसूचकले ओरालो यात्रा तय गरेको छ । भदौ महिनामा निक्षेपको ब्याजदर के हुन्छ भन्ने अन्योलताका कारण पनि अहिले लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा रहेको देखिन्छ । 

अबको बजारको दिसा कस्तो हुने भन्ने कुराको निर्धारण बैंकहरुको ब्याजदरमा निर्भर हुने बताउछन् सक्रिय लगानीकर्ता दिनेश थपलिया । ‘मौद्रिक नीति पछि केहि सकारात्मक देखिएको बजारमा पछिल्लो केहि दिन देखि गिरावट देखिएको छ’ उनले भने ‘मौद्रिक नीतिले लगानीकर्ताहरुको मनोबल बढेको थियो तर बजारमा ब्याजदर बढ्ने हल्लाले लगानीकर्ताहरुको मनोबललाई केहि कमजोर बनायो अब बजार के हुने भन्ने कुरा बैंकहरुले सार्वजनिक गर्ने व्याजदरमा निर्भर रहन्छ ।’

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आईतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा पुगेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.७३ अंकले घटेर ३ सय ८६.९४ को बिन्दुमा झरेको छ । 

कूल २२७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ । 

त्यसैगरी, आइतबार हिमालयन डिष्टिलरी कम्पनी सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा बढिले बृद्धि भएको छ । कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढेर १ सय ५४ रूपैयाँ ८० पैसा पुगेको छ । 

यस दिन गुँरास लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले घटेर १ हजार ७४ रूपैयाँमा झरेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको