Like us!
Follow us!
Connect us!
Watch us!

‘नागरिकता विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, आक्रोशित हुन जरूरी छैन’

अर्थ संसार

सोमबार, ३० साउन २०७९, १४ : ०० मा प्रकाशित

‘नागरिकता विधेयकमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो, आक्रोशित हुन जरूरी छैन’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अधिकार प्रयोग गरेको भन्दै यसमा कोहि पनि आक्रोशित हुन जरुरी नरहेको बताएका छन् ।

उनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार समेत भएको बताएका छन् ।

आजदेखि सुरू भएको कांग्रेस स्थानीय जनप्रतिनिधिको प्रशिक्षणमा पुगेका थापाले संवाददाताहरूसँग कुरा गर्दै कुनै विधेयक पुनर्विचार गर्न आवश्यक लागे राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यसमा आक्रोश व्यक्त गर्नु जरूरी नरहेको बताएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको