Like us!
Follow us!
Connect us!
Watch us!

११३ अंकको गिरावट पछि नेप्सेमा गतिलो ‘बाउन्सव्याक’,ब्याजदरले बढायो लगानीकर्ताको मनोबल

नेप्से

सोमबार, ३० साउन २०७९, १५ : ०५ मा प्रकाशित

११३ अंकको गिरावट पछि नेप्सेमा गतिलो ‘बाउन्सव्याक’,ब्याजदरले बढायो लगानीकर्ताको मनोबल

विगतका पाँच दिनमा नेप्से सूचक ११३.८१ अंकले घटिसकेको नेप्सेमा आज सोमबार बलियो बाउन्सव्याक देखिएको छ । प्रारम्भमा केहि नकारात्मक देखिएको नेप्सेमा भदौ महिनाका लागि ब्याजद नबढ्ने समाचार बाहिरिए संगै उछाल आएको हो । 

बैंकहरुले भदौ महिनाका लागि निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेपछि लगानीकर्ताहरुको मनोबल बलियो भएको बताउछन् सक्रिय लगानीकर्ता युवराज रावत । ‘केहि दिनदेखि लगानीकर्ताहरुले ब्याजदरलाई नै पर्खिरहेका थिए आज बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेपछि उनिहरुको मनोबल बढेको छ’ उनले भने ‘आज नेप्से परिसूचक संगसंगै कारोबार रकममा समेत बृद्धि भएको छ यसले पक्कै पनि केहि सकारात्मक सन्देश प्रवाह गरेको छ ।’

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ । नेप्से २.७८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.२३ अंकले बढेर ३ सय ९८.१३ को बिन्दुमा पुगेको छ । 

कूल २१५ वटा कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक बढेको छ । 


त्यसैगरी, सोमबार शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज राधि जल बिद्युत कम्पनी, मल्टीपर्पोस फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । 


यस दिन रिडि पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ६३७.८० रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको