Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा ८८ करोड, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, ०८ : ५८ मा प्रकाशित

नागरिक लगानी कोषको नाफा ८८ करोड, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषले गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार विवरण अनुसार कम्पनीको मुनाफा १४.२८ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कोषले ८८ करोड ७८ लाख ०६ हजार रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले ७७ करोड ६८ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कोषको ब्याज आम्दानीमा पनि ३७.७९ प्रतिशतले वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा कोषले १६ करोड ३३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समिक्षा अवधिमा त्यो बढेर २२ करोड ५० लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

कोषको खुद ब्याज आम्दानीसँगै सेवा शुल्क र कमिसन बापतको मुनाफामा पनि भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा कोषको यस्तो मुनाफा १ अर्ब १४ करोड ३५ लाख ८६ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक बर्षको त्रैमाससम्ममा वृद्धि भएर १ अर्ब २६ करोड २ लाख २७ हजार रुपैयाँ पुगेको छ । 

कोषको खुद मुनाफा वृद्धिसंगै प्रतिसेयर आम्दानीमा पनि बृद्धि आएको छ । अघिल्लो वर्षको यहि अवधिमा कोषको प्रतिसेयर आम्दानी २३.७६ रुपैयाँ रहेकोमा अहिले त्यो बढेर २७.१५ रुपैयाँ पुगेको छ । कोषको प्रतिसेयर नेटवर्थ २३८.५६ रुपैयाँ रहेको छ ।

कोषले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

62fb0bd356ac6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको