Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्युरेन्सको नाफा ५५ करोड

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १२ : १० मा प्रकाशित

नेको इन्स्युरेन्सको नाफा ५५ करोड

नेको इन्स्युरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५५ करोड एक लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । खुद नाफा अघिल्लो वर्षको तुलनामा ९.०३ प्रतिशतले धेरै हो । 

अघिल्लो वर्ष सोही अवधिमा यसको नाफा ५० करोड ४५ लाख रुपैयाँ थियो । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ । जसले नाफा वृद्धिमा सहयोग पुगेको हो । यस इन्स्युरेन्सको खुद बिमा शुल्क आम्दानी पनि ४.५० प्रतिशतले बढेर असार मसान्तसम्म एक अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

नेकोको चुक्ता पुँजी एक अर्ब ७४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोष पनि सामान्य बढेको छ भने बिमा कोषमा २५.०२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ कोषमा ४८ करोड ७३ लाख रुपैयाँ र बिमा कोषमा एक अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ । वित्तीय विवरणअनुसार नेकोको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४४ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ९० पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको