Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,  नेपालमा कति घट्ला ?

अर्थ संसार

मंगलबार, ३१ साउन २०७९, १४ : २१ मा प्रकाशित

तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,  नेपालमा कति घट्ला ?

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएर पठाएको छ । आइओसीले तेस्रो पटक  पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।  

आइओसीले पन्ध्र पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउने गर्दछ । सोही मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्नेछ । सोमबार आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । 

निगमका अनुसार सोमबार पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेरसा घटेर आएको छ । यसअघि भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि पेट्रोलको भाउ बढ्ने गर्दथ्यो । 

यसभन्दा अघि एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पोरेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको