Like us!
Follow us!
Connect us!
Watch us!

निक्षेपको ब्याजदर घट्दा पनि बढेन बजार, तिब्र उचारचढाव बिच २४ अंकको गिरावट !

नेप्से

मंगलबार, ३१ साउन २०७९, १५ : ०० मा प्रकाशित

निक्षेपको ब्याजदर घट्दा पनि बढेन बजार, तिब्र उचारचढाव बिच २४ अंकको गिरावट !

आज मंगलबार कारोबारको प्रारम्भमा सकारात्मक देखिएको नेप्सेमा कारोबारको अन्तिम समयमा गिरावट देखिएको छ । आज बैंकहरुले भदौ महिनाको ब्याजदर प्रकाशन गर्दै संस्थागत निक्षेपमा १ प्रतिशत ब्याज घटाएका थिए । व्यक्तिगत निक्षेपमा ब्याज नबढाउने र संस्थागतमा ब्याजदर घटाउने निर्णयले बजारमा सकारात्मकता आउने लगानीकर्ताहरुको अपेक्षा विपरित बजारमा भारि गिरावट देखिएको हो । 

सोमबार ५५ अंकले बढेको नेप्से परिसूचक आज (मंगलबार) २४.८३ अंकले घटेर २०४१.०६ विन्दुमा पुगेको छ । नेप्से १.२० प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ३ सय ९४.३९ को बिन्दुमा पुगेको छ । 

कूल २२१ वटा कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ । 


त्यसैगरी, सोमबार रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४० करोड ८२ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढि बृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १८७.२० रुपैयाँ पुगेको छ । 


यस दिन युनिलिभिर नेपाल लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५६२ प्रतिशतले घटेर १८ हजार १९१ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको