Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य करेक्सन, किन टिक्दैन बजारको बृद्धि ?

नेप्से

बुधबार, ०१ भदौ २०७९, १५ : ०१ मा प्रकाशित

नेप्सेमा सामान्य करेक्सन, किन टिक्दैन बजारको बृद्धि ?

केहि दिन देखि नेप्सेमा बृद्धि टिक्न नसक्नुको प्रमुख कारण बजारमा इन्भेष्टर भन्दा पनि ट्रेडर हावी हुनु भएको जानकारहरु बताउछन् । ‘अहिले बजारमा लगानीकर्ताहरुको कन्फिडेन्स त्यति बढ्न सकेको छैन, लगानीकर्ताहरु नेप्सेको सानो सानो मुभमेन्टमा खेलिरहेका छन्’ उनले भने ‘केहि अंकको बृद्धि मै अहिले लगानीकर्ताहरुले प्राफिट बुक गरिरहेको देखिन्छ बजार धेरै माथी जाने कन्फिडेन्ट लगानीकर्ताहरुमा छैन मेरो बिचारमा त अहिलेको अवस्थामा बजार बढ्दा २ ४ सय अंकले बढ्ने र घट्दा सय दुईसय अंकले मात्र घट्ने देखिन्छ ।

मंगलबार २४.८३ अंकले घटेको नेप्से परिसूचक आज (बुधबार) ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको छ । नेप्से ०.०२ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ३ सय ९४.६७ को बिन्दुमा पुगेको छ । आज कारोबार रकममा समेत गिरावट आएको छ । 

कूल २२० वटा कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक घटेको छ भने बाँकि ७ वटा समूहको उपसूचक बढेको छ । 


त्यसैगरी, सोमबार रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज श्वेत गंगाा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढि बृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २९५.६० रुपैयाँ पुगेको छ । 


यस दिन साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.१४ प्रतिशतले घटेर ५३१.२० रूपैयाँमा झरेको छ । 

’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको