Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंकको सेयर किन्ने तयारीमा हुनुहुन्छ ? हेर्नुहोस कम्पनी एक बिश्लेषण

बुधबार, २५ साउन २०७४, ०७ : १२ मा प्रकाशित

लक्ष्मी बैंकको सेयर किन्ने तयारीमा हुनुहुन्छ ? हेर्नुहोस कम्पनी एक बिश्लेषण

अर्थ संसार, काठमाडौं– लक्ष्मी बैङ्क लिमिटेडले सार्वजनिक गरेको आव २०७३/७४ को चौंथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा रू.१ अर्ब २४ लाख पुगेको छ । यो गत अघिल्लो आवको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो ।

रू. ४ करोड ९० लाख खराब कर्जा उठाउँन बैङ्क व्यस्थापन सफल हुनाले र खुद ब्याज आम्दानी २६ प्रतिशतले बढेकाले खुद नाफा बढेको हो । साथै, बैदेशिक मुद्रा विनिमयबाट रू. २ अर्ब ५५ करोड  आम्दानी गर्न सफल भएको छ ।

सोही अवधिमा चुक्तापूँजी १ सय ४५ प्रतिशतले बढेर रू.७ अर्ब ४७ करोड २४ लाख पुगेको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.९ करोड ७४ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ९३ प्रतिशत पुगेको छ ।

वर्गिकरण स्  बाणिज्य बैङ्क  
पछिल्लो व्यापार मूल्यः .३५१
५२ हप्ताको उच्च व्यापार मूल्य :र.९७२
५२ हप्ताको न्यून व्यापार मूल्य स:  रू.३५०
१८० दिनको औसत व्यापार मूल्य : रू.५६९१९

कम्पनीका महत्वपूर्ण अनुपात :

सञ्चालक समिति
अध्यक्ष  : शम्भु प्रसाद आचार्य
व्यवस्थापन समिति
प्रमुख कार्यकारी अधिकृत : सुदेश खालिङ
प्रधान कार्यालय : हात्तीसार काठमाडौं
वेबसाइट : laxmi.laxmibank.com
शाखा स् ६८
स्टक सङ्केत: एलबिएल

प्राविधिक विश्लेषण :

मैनबत्ती बिश्लेषण स् बैङ्ककोे ६० दिनको कारोबार अवधिमा अन्तिम दिनमा सानो कालो मारोबोजु आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बियरिशमा जाने सङ्केत गर्दछ ।

आरएसआई स् बैङ्कको ६० दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन ९२९ दशमलव ५९ स्केल०मा छ । यसले शेयर बिक्री चाप बढेको देखाउँछ ।  स्ट्याण्डर्ड डेभिएसन स् कम्पनीको ६० दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव २६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

मुभिङ एभरेज : बैङ्कको ६० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् ।

हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । हालको मूल्य रू।३ सय ५१ देखि बजारको अवस्था परिवर्तन भई  मूल्य महँगिएमा रू .३ सय ६० मा प्रतिरोध पाउन सक्छ ।
बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू। हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

महत्वपूर्ण अनुपात :

लाभांश विवरण :

आधारभूत विश्लेषण :

बैङ्कको चौंथोे त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ / २०७२/७३ बीच तुलना गर्दा :

बैङ्कको चौंथो त्रैमाससम्ममा खुद नाफा रू.१ अर्ब २४ लाख पुगेको छ । यो गत अघिल्लो आवको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो । रू. ४ करोड ९० लाख खराब कर्जा उठाउन बैङ्क व्यस्थापन सफल हुनाले र खुद ब्याज आम्दानी २६ प्रतिशतले बढेकाले खुद नाफा बढेको हो । साथै , बैदेशिक मुद्रा विनिमयवाट रू.२ अर्व ५५ करोड  आम्दानी गर्न सफल भएको छ ।

चुक्तापूँजीको तुलनामा खुद नाफा २२ दशमलव २८ प्रतिशतबाट घटेर २१ दशमलव शून्य ८ प्रतिशतमा सिमित भएकोे छ । सोही अवधिमा बेङ्कको चुक्तापूँजी १ सय ४५ प्रतिशतले बढेर रू.७ अर्ब ४७ करोड २४ लाख जगेडा कोषको रकम रू.२ अर्ब १८ करोड २७ लाख रहेको छ ।

बैङ्कको चौंथो त्रैमाससम्ममा रू.५९ अर्ब ३२ करोड निक्षेप संकलन गरी रू.५२ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । बैङ्कको लगानी रू.९ अर्ब ४३ करोड रहेको छ ।

बैङ्कको खुद ब्याज आम्दानी रू.१ अर्ब ६५ करोड, कर्मचारी खर्च रू.४१ करोड ३३ लाख, अन्य सञ्चालन खर्च रू.४७ करोड ७३ लाख र सञ्चालन नाफा रू.१ अर्ब ३५ करोड पुगेको छ ।

चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार स्थिर सम्पत्ति १२ प्रतिशतले बढेर रू।१ अर्ब १५ करोड र अन्य सम्पत्ति २१ प्रतिशतले बढेर रू.१  अर्ब ३३ करोड पुगेको छ ।
सम्भावित जोखिम बापतको व्यवस्थामा रू.९ करोड ७४ लाख रकम छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ९३ प्रतिशत पुगेको छ ।

पूँजीकोष लागत ७ दशमलव ४ प्रतिशत र पूँजी कोष पर्याप्तता १४ दशमलव १९ प्रतिशत रहेको छ ।
बैङ्कको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रू. २५ दशमलव ४३, मूल्य आम्दानी अनुपात १५  दशमलव ३४, तरलता अनुपात २१ दशमलव ३१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय २९ दशमलव २१  रहेको छ । सोमवारको मूल्य प्रतिशेयर नेटवर्थको साढे २ गुणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको