Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दोहोरो अंकको बृद्धि १३ वटै समूहमा हरियाली, के बजार फर्किएकै हो ?

नेप्से

विहीबार, ०२ भदौ २०७९, १५ : ०४ मा प्रकाशित

नेप्सेमा दोहोरो अंकको बृद्धि १३ वटै समूहमा हरियाली, के बजार फर्किएकै हो ?

बुधबार झिनो अंकले घटेको नेप्सेमा आज विहिबार भने गतिलो बाउन्सब्याक देखिएको छ । आज नेप्से परिसूचक संगै कारोबा रकममा समेत सुधार देखिएको छ । 

बजारमा केहि सकरात्मकता देखिएपनि अहिले नै बजार लयमा फर्किसकेको भने भन्न नसकिने बताउछन् सक्रिय लगानीकर्ता युवराज सापकोटा । ‘अहिले बजारमा तुलनात्मक रुपमा केहि सकारात्मकता देखिएको छ हालै राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कले पनि हामिलाई केहि आशावादी पक्कै बनाएको छ तर पुर्णं रुपमा बजार फर्किसकेको भन्ने अवस्था भने अझै बनिसकेको छैन’ उनले भने ‘तर अब छिट्टै लाभांश पनि सिजन सुरु हुँदैछ यसले पनि पक्कै बजारमा केहि सकारात्मकता ल्याउने छ ।’  

बुधबार ०.३६ अंकले घटेको नेप्से परिसूचक आज (बिहिबार) भने २७.७२ अंकले बढेर २०६८.४२ को विन्दुमा पुगेको छ । नेप्से १.३६ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४१ अंकले बढेर ४००.०८ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक संगै कारोबार रकममा समेत सुधार आएको छ । 

आज कूल २२० वटा कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १३ वटै उपसमूहको सूचक बढेको छ । 


त्यसैगरी, बिहिबार पनि रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज श्वेत गंगाा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी तिन वटै कम्पनीले हालै आईपिओ जारी गरेर बुधबारबाट मात्र दोस्रो बजार कारोबार प्रारम्भ गरेका हुन् ।


यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ३.२८ प्रतिशतले घटेर १ हजार ४१५ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको