Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ०७ : ३८ मा प्रकाशित

अप्पर तामाकोशीको साधारणसभा आज, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुँदै

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आज भदौ ३ गते बिहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । साथै सभाले १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभाले समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन समेत हुनेछ ।  कम्पनीले लाभांश घोषणा गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियाे जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको