Like us!
Follow us!
Connect us!
Watch us!

गत वर्ष १४ सय ७९ जना नेपाली बाकसमा फर्किए, अहिलेसम्मकै सबैभन्दा बढी मृत्यु

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, ११ : ३८ मा प्रकाशित

गत वर्ष १४ सय ७९ जना नेपाली बाकसमा फर्किए, अहिलेसम्मकै सबैभन्दा बढी मृत्यु

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ । 

वैदेशिक रोजगार वोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन । 

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमीमा भएको थियो । सो वर्ष वैदेशिक रोजगारीमा गएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको वोर्डले जनाएको छ । 

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१/७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो । 

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेहरुमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको वोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए । 

गत आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको