Like us!
Follow us!
Connect us!
Watch us!

थामिएन विदेशिने नेपालीको लस्कर, सात महिनामा साढे चार लाख बाहिरिए

पत्रपत्रिका

बुधबार, १७ फागुन २०७९, ०७ : ४० मा प्रकाशित

थामिएन विदेशिने नेपालीको लस्कर, सात महिनामा साढे चार लाख बाहिरिए

सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् । 

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् । 

विभागका महानिर्देशक उमाकान्त आचार्यले भन्नुभयो, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र माग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घटेको छ । 

माघमा मात्रै पाँच हजार ८३७ महिलासहित ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो सङ्ख्या वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । सो अवधिमा नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । 

सात महिनामा सबैभन्दा धेरै मलेसियामा जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसियाका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या २० हजार छ । सो अवधिमा कतारका लागि १२ हजार ७०४, साउदीका लागि १० हजार ५७६, संयुक्त अरब इमिरेट्स (यूएई) नौ हजार ७७० र कुवेतका लागि दुई हजार ९९२ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो पटक विगतको तुलनामा युरोप र एसियाली मुलुकमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको सङ्ख्या बढ्न थालेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको