Like us!
Follow us!
Connect us!
Watch us!

घुम्न सौखिन नेपाली - चार महिनामा विदेश भ्रमणमा खर्चिए २८ अर्ब हाराहारी

अर्थ संसार

बुधबार, २३ पुस २०८२, ११ : ५७ मा प्रकाशित

घुम्न सौखिन नेपाली - चार महिनामा विदेश भ्रमणमा खर्चिए २८ अर्ब हाराहारी

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) सम्म विदेश भ्रमणमा जाने नेपालीले करिब २८ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार उक्त रकममध्ये शिक्षातर्फको खर्च ४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ। यसअनुसार घुमफिर तथा अन्य प्रयोजनका लागि भएको खुद भ्रमण खर्च करिब २७ अर्ब ४८ करोड रुपैयाँ रहेको देखिन्छ।

साे अवधिमा विदेशी पर्यटकबाट हुने आम्दानी ०.९ प्रतिशतले बढेको छ। साउनदेखि कात्तिक महिनासम्म २७ अर्ब १५ करोड पुगेको हो।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६७ अर्ब ७५ करोड रहेकोमा शिक्षातर्फको व्यय ३७ अर्ब ७७ करोड रूपैयाँ रहेको थियो। समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ९१ करोड रूपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २२ अर्ब ३७ करोड रूपैयाँले घाटामा रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको