Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीको साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, १४ : १० मा प्रकाशित

अप्पर तामाकोशीको साधारणसभा सम्पन्न, १०० प्रतिशत हकप्रदको प्रस्ताव पारित

अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको १४ औँ साधारणसभा आज सम्पन्न भएको छ । सभाले चालु पूँजीको १०० प्रतिशत हकप्रद निष्काशन गर्ने बिशेष प्रस्ताव समेत पारित गरेको छ ।

साथै सभाले अध्यक्षको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव र ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनी गत आर्थिक बर्षको अन्तिम सम्ममा पनि घाटामा रहेकाले कम्पनीले कुनै लाभांश वितरण गरेको छैन । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ। हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको