Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले कर्जा असुली गर्न घरमा ताल्चा लगाउने काम गर्न त के सोच्न पनि हुँदैनः अध्यक्ष लघुवित्त बैंकर्स संघ

अर्थ संसार

शुक्रबार, ०३ भदौ २०७९, २० : ०१ मा प्रकाशित

लघुवित्तले कर्जा असुली गर्न घरमा ताल्चा लगाउने काम गर्न त के सोच्न पनि हुँदैनः अध्यक्ष लघुवित्त बैंकर्स संघ

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाराज शर्माले लघुवित्तहरुले कर्जा असुलीकै लागि सदस्यहरुको घरमा ताल्चा लगाउन त परैकै कुरा सोच्न पनि नहुने बताउछन् । 

अर्थसंसारसंगको कुराकानीमा शर्माले भने ‘हरेक लघुवित्तहरुले ग्राहक संरक्षणका सिद्धान्तहरु पालना गर्नैपर्छ, ग्राहक संरक्षणका विश्वव्यापी ७ सिद्धान्तहरु मध्यको एक प्रमुख सिद्धान्त भनेको ग्राहकको आत्म सम्मानलाई चोट नपग्ने गरेर व्यवहार गर्नुपर्छ भनेको छ त्यसैले हामि लघुवित्तले ग्राहकको घरमा ताला लगाउने कुरा त परिकल्पना पनि गर्नु हुँदैन र हामिलाई त्यो अधिकार कानुनले पनि दिएको छैन’ ।

‘नेपाल सरकारमा दर्ता भएर राष्ट्र बैंकबाट लाईसेन्स लिएर चलेका हामिजस्ता संगठित संस्थाहरुलाई त्यस्तो गर्ने कुनै अधिकार नै छैन यदि तपाईले भने जस्तै यदि त्यहाँ भएको भने उक्त कुरालाई जायज मान्नै सकिदैन’ उनले भने ‘हाम्रो संस्था लघुवित्त बैंकर्स संघ भनेको भोलेन्टियर संगठन हो, हामिलाई नियमन गर्ने कारबाही गर्ने अधिकार कानुनले दिएको छैन हामिले हाम्रा केहि आचार संहिता बनाएका छौ यदि त्यस्ता सहिताहरु उल्लंघन भएपनि सामान्य छलफल गर्न सकिन्छ र हामि यस बिषयमा आगामी कार्यक्रममा पक्कै छलफल गर्ने छौ’ । 

याे पनिः ३ लाख रुपैयाँ ऋण तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि एक महिलाले गरिन् ‘आत्महत्या’

  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको