Like us!
Follow us!
Connect us!
Watch us!

३ लाख रुपैयाँ ऋण तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि एक महिलाले गरिन् ‘आत्महत्या’

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, ०८ : ०० मा प्रकाशित

३ लाख रुपैयाँ ऋण तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि एक महिलाले गरिन् ‘आत्महत्या’

लघुवित्तबाट लिएको ऋण समय मै तिर्न नसकि लघुवित्तले घरमा ताला लगाइदिँदा कैलाली जिल्ला गौरीगंगा न।पा १ कि ३७ बर्षिय एक महिलाले आत्महत्या गरेकिछन् । युनिक नेपाल लघुवित्तबाट लिएको ऋण समयमै तिर्न नसक्दा लघुवित्तले घरमा ताला लगाएपछि ३७ बर्षिय रेश्मा चौधरीले आत्महत्या गरेकी हुन् ।

रेश्माले लघुवित्तबाट तिनलाख रुपैयाँ कर्जा लिएकी थिइन् उनले उक्त कर्जाको ६ किस्ता तिरि पनि सकेकी थिएन् तर परिवारमा आर्थिक समस्या आएपछि उनले पछिल्लो तिन किस्ताको रकम भने तिर्न सकेकी थिइनन् । तिन किस्ताको मात्र पैसा तिर्न बाँकि रहेकाले लघुवित्तले घरमा ताला लगाएको थियो । 

समय मै ऋण तिर्न नसकेपछि भदौ १ गते बिहान ९ बजे रेश्माको घरमा आएर ताला लगाइदिएका लघुवित्तका कर्मचारीहरुले बेलुका ७ बजेमात्र ताला खोलिदिएका थिए । लघुवित्तले घरमा ताला लगाइदिएपनि दिँउसै देखि रेश्मा तनावमा थिइन् । 

रेश्मा का श्रीमान् समेत अहिले घरमा छैन् । उनि ज्याला मजदुरी गरेर घर खर्च चलाउने भएकाले घर भन्दा बाहिरै रहेको स्थानियले बताए । सयममा ऋण भुत्तानी गर्न नसक्दा समूह मार्फत पनि उनिलाई दवाब परेको थियो । लघुवित्तमा समूहको कुनै एक सदस्यले कर्जा र त्यसको ब्याज तिर्न नसकेमा उक्त व्यक्तिको सम्पुर्ण कर्जा र ब्याज समूहका बाँकि सदस्यहरुले दामासाही ढंगले तिर्नुपर्ने बाध्यकारी व्यबस्था रहेका कारण पनि समूहबाट उनिमाथी थप दवाब आएको हो । 

गौरीगंगाा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष डबल दियाकोटीले लघुवित्तले घरमा ताला लगाएकै दिन भदौ १ गते राती रेश्माले सल्फास नामक किटनासक औषधी खाएर आत्महल्या गरेको बताए । ‘ताला लगाएकै दिन राति कतिबेला उनले सलफास खाइछन् थाहा भएन तर बिहान थाँहा पाउने वित्तिकै उनलाई स्थानिय बडिमालिका क्लिनिकमा लगिएको त्यहाँबाट पुनः धनगढी पुर्याउदा समेत बचाउन सकिएन उनले भने ।’

इन्फिनीटि लघुवित्तले पनि छोरीको घरमा ताला लगाँइदिँदा दोहोरो तनाबः

आफ्नो घरमा युनिक नेपाल लघुवित्तले घरमा ताला गलाईदिए पछि रेश्मा गेटामा रहेको आफ्नो छोरीको घरमा जाने तयारीमा थिइन् तर उनको तनाब त यतिबेला बढ्यो जब उनले छोरीको घरमा समेत लघुवित्तले ताला लगाईदिएको खबर पाइन् ।

‘वहाँको घरमा ताला लगाएपछि सायद छोरीको घरमा पनि जानुहुन्थ्यो होला तर अर्को नगरपालिमा पर्ने उहाँको छोरीको घरमा पनि इन्फिनीटी लघुवित्त भन्नेले ताला लगाइदिएको रहेछ छोरी पनि रुदै माइतै आएपछि उहाँको तनाब थप बढेको रहेछ’ अध्यक्ष दियाकोटीले भने । 

लघुवित्तको गुण्डाशैली, गैरकानुनी ढंगले ताला लगाइयो

लघुवित्तले रेश्माको घरमा ताला लगाउन पाउने कुनै पनि कानुनी आधार देखिदैन । रेश्माले लघुवित्तबाट बिना धितो कर्जा लिएकाले उनको उक्त कर्जा असुलिका लागि लघुवित्तले अदालतको साहार लिनु पर्ने देखिन्छ तर लघुवित्तले कानुनी शासनको खिल्ली उँडाउदै टोले गुण्डाशैली अबलम्बन गरेको देखिन्छ । 

‘लघुवित्तले जबरजस्ती अर्काको सम्पतीमा हस्तक्षेप गरेको छ यो मुद्दामा त लघुवित्त र उक्त ताला लगाउने कार्यमा संलग्न कर्मचारीहरुका बिरुद्धमा पनि मुद्दा चलाउन सकिन्छ, अदालतको आदेश बिना कसैको पनि सम्पतीमा हस्तपेक्ष गर्ने अधिकारी कानुनले कसैलाई पनि दिएको छैन’ एक कानुन व्यवसायीले भने । 
 

ऋण माफ र किरिया खर्च दिने प्रलोभनमा मुद्दा मिलाउने प्रयासः

लघुवित्तले रेश्माको ऋण माफ गरिदिने र सामान्य किरिया खर्च दिने प्रलोभनमा मुद्दा मिलाउने प्रयास गरेको पाइएको छ । पिडित परिवारले लघुवित्तका बिरुद्धमा कुनै उजुर बाजुर नगर्ने र लघुवित्तले मृतकको ऋण माफ गर्नुको साथै सामान्य किरिया खर्च समेत दिने प्रस्ताव समेत गरेको थियो । 

तर परिवाले भने लघुवित्तको प्रलोभनमा नपरी लघुवित्तका बिरुद्धमा जिल्ला प्रहरी कार्यलयमा आत्महत्या दुरुत्साहनको मुद्दा हाल्ने तयारी गरेको छ । मेलमिलापका लागि दुइ पक्षहरुका बिचमा केहि छलफल भयपनि पिडित परिवारले मुद्दा हाल्ने नै निर्णयमा पुगेको स्थानियले बताए ।        
एक स्थानियले गुनासो गरे ‘यो त एउटा प्रतिनिधी घटना मात्र हो, अहिले गाँउ गाँउमा नयाँ लाइसेन्स प्राप्त साँहु महाजनहरु उत्पति भएका छन् सुरुमा घर घरैमा आएर कर्जा लिँइदिनुपर्यो भन्छन्,हामिसंग नियमित आयश्रोत केहिँ हुँदैन कहिँले काँहि समयमा कर्जा ब्याज तिर्न पनि सकिँदैन गाँउमै भएपनि लाखौको सम्पती भएका हामिले ति लघुवित्तको केहि हजार खायर कहाँ भाग्थ्यौ र तर यसरी घरमै आएर ताला लाउन थाले यो कहाँको न्याय होला लघुवित्तको अन्यायले नेटो काटिसक्यो यस्तै रहेँ अझै कति मर्नुपर्ने हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको