Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीहरुलाई एक हप्ताभित्रै वित्तीय विवरण सार्वजनिक गर्न विभागको निर्देशन

पत्रपत्रिका

आइतबार, ०५ भदौ २०७९, ०७ : ५२ मा प्रकाशित

सहकारीहरुलाई एक हप्ताभित्रै वित्तीय विवरण सार्वजनिक गर्न विभागको निर्देशन

सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो ।

सो निर्देशनबमोजिम  अब  सहकारी  संस्थाले  सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य सङ्ख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकमबारे सदस्यलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ ।

यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ । विभागले जारी गरेको निर्देशनमा सहकारी ऐन २०७४  को  दफा  ७३  मा  भएको  प्रावधानबमोजिम  आफूले बुझाउनुपर्ने मासिक÷वार्षिक र माग भएका अन्य  विवरण  यथासमयमै  नियामक  निकायमा  बुझाउने  साथै  वित्तीय  सूचना  कोपोमिस  प्रणालीमा  प्रविष्ट गर्नुपर्ने उल्लेख छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको