Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिनेशनल बैंकका संस्थापकहरुका लागि बोनस सेयर कागजको टुक्रा मात्र होः पूर्वबैंकर क्षेत्री

अर्थ संसार

आइतबार, ०५ भदौ २०७९, १२ : ४३ मा प्रकाशित

ईसेवा का अध्यक्ष एबं पूर्वबैंकर प्रशुराम कुँवर क्षेत्रीले मल्टिनेशनल बैंकका संस्थापकहरुका लागि बोनस सेयर कागजको टुक्रा मात्र भएको बताएका छन् । 

अर्थसंसार टडमकसंगको कुराकानीमा क्षेत्रीले भने ‘हाम्रोमा अहिले पनि धेरै बैंकहरु नगद लाभांश वितरण गर्न सक्ने अवस्थामा छन, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक र नेपाल एसबिआई जस्ता मल्टिनेशनल बैंकका संस्थापकहरुका लागि बोनस सेयर कागजको टुक्रा मात्र हो, उनहरुले लगानी गर्ने अनि लगानीबाट कुनै नगद मुनाफा लिन नपाउने हो भने त्यसले उनिहरुलाई इन्करेज पनि गर्दैन ।’

नेपाल राष्ट्र बैंकले गत जेठ र असारमा प्रकाशित गरेको तथ्याङ्कले देशको अर्थतन्त्रका बारेमा केहि आशा जगाएको उनको तर्क छ । ‘केहि साथीहरुले विगतदेखि नै देशको अर्थतन्त्र संकटमा रहेको, देश श्रीलंकाको बाटोमा छ भन्ने गरेको पनि सुनेको छु तर उक्त कुरामा सहमत छैन’ उनले भने ‘हो हाम्रो अर्थतन्त्रमा केहि चुनौति भने पनि देखिएको छ त्यसलाई समाधान गर्न सकैले आआफ्नो ठाँउबाट योगदान गर्नु जरुरी छ तर पछिल्लो जेठ र असारमा सार्वजनिक तथ्याङ्कले केहि आशा भने पक्कै देखाएको छ ।’

आँफुले सर्टटर्ममा स्टक मार्केटमा के भयो भन्ने कुरामा धेरै चासो नराख्ने भन्दै उनले दिर्घकालिन रुपमा हेर्ने हो भन्ने पक्कै पनि बजार माथी नै जाने बताए । 

कुँवरसंग गरिएको भिडियो कुराकानीः
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको